काठमाण्डौ १४ जेठ/सरकारले जेष्ठ नागरिकसहित ४८२ जना कैदीको बाँकी सजाय मिनाहा गरिदिएको छ। राषट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको निर्णयअनुसार उनीहरुको सजाय मिनाहा गरिदिएका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ १५ गतेको गणतन्त्र दिवसका दिनदेखि लागु हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ (लिम्बू)समेतका ४७५ जना र जेष्ठ नागरिक उदय नारायण गिरीसहित ७ सातजना सहित जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय राष्ट्रपतिले माफी गरिदिएका हुन्।
राष्ट्रपतिले संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवसको अवसरमा सजाय माफी गरिदिएका हुन्। त्यसैगरी राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको बैठकका सिफारिसअनुसार टोपबहादुर बुढासमेत १९ जनालाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय आममाफी दिएका छन्।
उनले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा उनीहरुको सजाय माफी दिएका हुन्।