• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमको आम सञ्चार नीति सदनबाट पारित गराइने छः कानुन मन्त्री सिंह

धनगढी ११ जेठ/सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहले आम सञ्चार नीति संसदबाट पारित गराउने पहिलो प्रयास रहने बताएका छन् ।नेपाल प्रेस युनियन कैलाली शाखाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मन्त्री सिंहले पत्रकारिता विकासका लागि नीतिगत व्यवस्था अभाव भएकाले प्राथमिकतामा रहेको बताएका हुन् ।

‘प्रेस स्वतन्त्रताको दायरालाई अझै फराकिलो बनाउन सक्ने संचार संस्था र सञ्चारकर्मीमैत्री हुनुपर्दछ भन्ने मान्यता हो’ उनले भने –‘नीतिले पत्रकारिताका सिद्धान्त र आचारसंहितालाई उल्लंघन गर्नु हुँदैन । यसका लागि सञ्चारकर्मीहरुबाट सहयोगको अपेक्षा गरेको छु ।’मन्त्री सिंहले खुल्ला सरकार, विधिको शासन, सुशासन, पारदर्शिता र जवाफदेहितामा सरकारले विश्वास गर्ने बताए । उनले भने –‘त्यसकारण पनि मिडियाको शसक्त भुमिका हामीले खोजेका छौं । प्रदेश सरकार मिडियाको रचनात्मक सुझाव र आलोचनात्मक अपेक्षा राख्दछ ।’

उनले आफ्नो कार्यकालमा कुनै पनि बहानामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोस्ने र खुम्च्याउने काममा नलाग्ने बताउँदै ‘मिडिया सम्बन्धी कुनै कानुन वा नीतिगत निर्णय गर्दा तपाईहरुको सुझाव सल्लाह लिएर मात्रै अगाडी बढ्ने कुरामा ढुक्क हुन आग्रह गर्दछु ।’उनले केही समय अगाडि एक युट्वमा एक विश्लेषक भन्ने व्यक्तिले काल्पनिक घटना बनाएर अभिव्यक्ति दिएको कुरा भ्रामक र झुठ रहेको बताए । उनले भने –‘गलत, भ्रामक सूचना, अभिव्यक्तिहरुको खण्ड्न गर्दै समाजमा सत्यतथ्य र विश्वसनिय जानकारी दिन पनि आम सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहन्छ ।’ बझाङको माझा गाउँमा अमेरिकी सेना रहेको र त्यहाँ काँग्रेसका नेताहरुले संरक्षण गरेको भन्ने अभिव्यक्ति गलत रहेको उनले बताए ।

नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्टले सञ्चारमाध्यमले जिम्मेवार भएर समाचार सम्प्रेषण तथा प्रशारण गर्न जरुरी रहेको बताए । उनले भने –‘आफना समाचार बजारमा विकाउ गर्ने उद्देश्यले अहिले भ्रामक समाचार पनि प्रकाशन भइरहेका छन् । यस्ता प्रवृतिबाट सञ्चारमाध्यम निष्पक्ष बन्न जरुरी छ ।’ उनले प्रवृतिमा सुधार नभएसम्म जो मन्त्री बनेपनि केही नहुने बताए । उनले सञ्चारकर्मीसंग अनुरोध गर्दै भने –‘समिक्षा गर्नुहोस् । विस्तृत बुझनुहोस् । अनिमात्र समाचार सम्प्रेषण तथा प्रशारण गर्ने काम गर्नुहोस् ।’

नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भरत शाह, नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश उपाध्यक्ष टेकेन्द्र देउवा लगायतले मन्तव्य व्यक्त गरे । नेपाल प्रेस युनियन कैलालीका कोषाध्यक्ष सुनिल आउजीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सिताराम ओझाले गरेका थिए ।

बिहिबार, जेठ ११, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.