धनगढी, १० जेठ/कैलाली क्षेत्र न ५बाट संघिय संसद डिल्लीराज पन्तले सुदूरपश्चिमका गौरवका योजनाहरु जनतालाई महसुस हुने गरी कार्यान्वयन गर्न सरकारलाई अनुरोध गरेका छन् । बिगतमा पनि धेरै नीति तथा कार्यक्रम प्रस्तुत भए तर, कार्यान्वयन पक्ष फितलो भएको छ यसपालि त्यस्तो नहोस् उनले भने । । प्रतिनिधी सभामा बैठकमा नीति तथा कार्यक्रमका बिषयमा बोल्ने क्रममा उनले कैलालीका माग सम्बोधन गर्न आग्रह गरेका थिए ।
सुदूरपश्चिमको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सरकारले विधयकबाट गेटामेडिकल कलेज सञ्चालन गर्न त लागेको छ तर, त्यसलाई अहिले सुरुवाती चरणमा विश्व विद्यालय बनाउन अघि मेडिकल कलेज बनाएर भएपनि सिघ्र संचालनमा ल्याउन माग गरे ।
सुदूरपश्चिमको गौवको योजना पश्चिम सेति जलविद्युत आयोजनामा विगतका सरकार जस्तै वर्तमान सरकार मौन रहेको प्रतिनिधी सभा सदस्य पन्तले बताए । सुदूरपश्चिमको विकाशको मेरुदण्डको रुपमा रहेको उक्त योजना सरकारको निति तथा कार्यक्रममा समवोधन गरिनु पर्ने उनले माग गरेका छन् । कैलाली देखी डोटी, अछाम बाजुरा, बझाङ सम्म दृत गतीको सडक सञ्जाल ‘धनगढी खुटिया दिपायल फास्ट ट्र्याक’ भने सामावेश नगरिएको आपत्ती जनाए । उनले प्रत्येक वर्ष बजेट विनियोजन हुदै आएको उक्त सडकमा विशेष प्राथमिकता दिन सरकारलाई आग्रह गरे । धनगढी खुटिया दिपायल फास्ट ट्र्यकलाई उरैभन्ज्याङ, ताक्लाकोट हुदै चिन संग जोड्न सके सुदूरपश्चिमको पर्यटकिय बिकसमा राम्रो सम्भावना छ । खुटिया दिपायल फास्ट ट्र्यकलाई पूर्ण रुपका विस्तार गर्न सकेमा त्रिदेशिय व्यापारमा सहज हुने उनले बताए ।
साथै सरकारले स्थापना गर्ने भनेको कृषि कारखाना सुदूर पश्चिममा स्थापना गर्न सरकार लाई आग्र गरे । उनले कारखाना स्थापनाका लागि कैलाली भित्र आफ्नो कार्यकालमा तिन सय विगाहा जग्गा उपलब्ध गराउन सक्ने दावी समेत गरेका छन् । साथै उनले थारु समुदायमा लाग्ने सिकलसे रोगका विरुद्ध सरकारले आन्दोलनका रुपमा लागिनु पर्ने बताए ।
(भिडियो)