धनगढी, ८ जेठ/ धनगढीको एक्सि बिद्यालयमा चोरी भएको छ । शनिबार बिहान २ जबे तिर अध्यारोमा बिद्यालयमा सिसि क्यामरा र राउटार लगाएतका सामग्री चोरी भएको छ ।
चोरले बिद्यालयमा जडान गरेको ३ वटा सिसि क्यामरा, राउटर र टेलिफोनका तारहरु चुडालेर लगेका छन् । चोरी गरी रहेको बिद्यालयको सिसि क्यामराको भिडियोमा दुई जना युवाहरुको समेत देखिएको विद्यालयकी प्रधानाध्यापक अनिता पन्तले जानकारी दिईन् । आईतबार नै चोरी बारेमा प्रहरीमा जाहेरी दर्ता गराईसेको उनले बताईन् ।