धनगढी, ६ जेठ/सुदूरपश्चिम प्रदेशको सरकार विस्तारका लागि आज सत्ता गठबन्धनगको बैठक बस्ने भएको छ । हिजो बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकले पनि मन्त्रालयको भागबण्डामा विषयमा सहमति जुटाउन असफल भएपछि आज पुन बैठक बस्न लागेको हो ।
हाल प्रदेश सरकारमा चार मन्त्रालय अहिले मन्त्री विहीन छन् । हिजोको बैठकमा माओवादीले र नागरिक उन्मुक्तिले २र२ र नेपाली कांग्रेसले १ मन्त्रालयको दाबी गरेका थिए । चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न नसकेको हो । नागरिक उन्मुक्तिलाई १ मन्त्रालयमा मनाउने बिषयमा छलफल भएको थियो । उनीहरुले यस बिषयमा छलफल गर्ने बताएर बैठकबाट निस्किएका थिए ।