धनगढी, ५ जेठ/सुदूरपश्चिम प्रदेश सरकारको एक सय दिन पुरा भएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेश सरकार गठन भएको सय दिन पुरा भएको हो । गत फागुन २१ गते मुख्यमन्त्री शाहले विश्वासको मत लिएका थिए ।सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलेको बताइएको छ । प्रदेशको सय दिन पुरा भएको उपलक्ष्यमा कामको प्रगती र उपलब्धीहरु सार्वजनीक गर्दै शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।
उनले सम्भवत आज नै सरकारले पूर्णता पाउने बताए । “गठबन्धन दल भित्रका सबै दलहरु समाबेस भएर नै सहमत हुन्छ भन्नेमा बिस्वस्त छौं ” मुख्यमन्त्री शाहले भने बिस्तार मात्रै हुँदैँन पूर्णता नै पाउने बिस्वास लिएका छौँ ।,”तत्कालिन एमाले नेतृत्वको सरकार ढलेपछि माघ २६ गते कांग्रेसका कमल बहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए । उनले मुख्यमन्त्री भएको तीन महिना बित्दासम्म शाहले २ जना बाहेक अन्यलाई मन्त्री नियुक्त गर्न सकेका छैनन् ।
नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादीले दुई मन्त्री र एक राज्यमन्त्री पाउने टुंगो लागेको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताए । दुई मन्त्रालय पाएको माओवादीले सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिएर झपट साउद र रमेश धामीलाई सरकारमा पठाउने भएको हो । भट्टका अनुसार माओवादीकै गीता माललाई राज्यमन्त्री बनाउने तयारी भइरहेको छ । उनीहरुको शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको भट्टले बताए । भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको उनले बताए ।