धनगढी ४ जेठ/हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल धनगढीमा हावाहुरी चलिरहेको छ। सुदूरपश्चिम र कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
दुइ तिर बाट फरक फरक प्रणाली नेपालको मौसममा बदलीको अवस्था ल्याएको हो । सुदुरपश्चिममा पश्चिम वायु भित्रिएर हावाहुरी असिना पानी पर्ने सम्भावना छ । कर्णाली को केही भाग र लुम्बिनी प्रदेशको पश्चिमी भाग सम्म असर हुने । यो प्रणाली शुक्रबार देखिनै कम्जोर हुने हुदा शनिबार देखि पश्चिम नेपालमा गर्मी बड्ने सम्भावना रहेको बताईएको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै राति कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ।