धनगढी, ३ जेठ/नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रणबहादुर रावलले भारतको दिल्ली स्थीत भारतका लागि नेपालका राजदूत डा शंकरप्रसाद शर्मा संग भेटघाट गरेका छन् ।
भेटघाटमा पछिल्लो समयमा नेपालको राजनीति, भारत र नेपाल बिचको सम्बन्धमा कुराकानी भएको थियो । प्रधानमन्त्री प्रचण्डको पनि अब भारतको भ्रमणको कार्यक्रम रहेको छ । डा रावल श्रीलंकाबाट भारत हुदै नेपाल फर्कने क्रममा भारत स्थित नेपाली राजदुत शर्मा संग भेटघाट गरी पछिल्लो भारतको नेपाल प्रतिको धारणाका बिषयमा कुरा गरेका थिए ।
केन्द्रीय सदस्य डा रावलले सुदूरपश्चिम प्रदेशका नागरिक रोजगारका लागि भारतकै निर्भर हुने भएको उनीहरुको भारतमा सुरक्षित तरिकारले काम गर्न पाउनुपर्ने अनुरोध गरेका थिए ।