काठमाडौं/नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाएकी छन्। प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको बताएकी हुन्।उक्त अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको देउवाले बताइन्। उनले भनिन्, ‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि बनेको छ, नाम मेरो मात्र उच्चारण किन भइरहेको छ रु साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन ९चरित्र हत्या० होइन,दिस इज रेप अफ माइ क्यारेक्टर ९यो मेरो चरित्रको बलात्कार० हो।’
महिलालाई राजनीतिमा आउँदा धेरै समस्याको सामना गर्नुपर्ने भन्दै आफूले ब्यहोरिरहेको बताइन्। ‘वुमनलाई पोलिटिक्समा आउँदा सबै कुरा ब्यहोर्न सक्नुपर्छ, म ब्यहोरिरहेको छु। यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस्’ उनले भनिन्।उनले आफ्नोबारेमा ‘फेक अडिओ’ मात्रै नभई ‘सिंगापुर भागेको’ भनेर भ्रमपूर्ण समाचार समेत केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले भाइरल बनाएको भन्दै त्यसको छानविन गर्न उनले माग गरेकी छन् ।
‘फेक न्युज’को अहिले निकै ठूलो समस्या रहेछ,’ उनले भनिन्, ‘फेक अडिओ बनाउनेलाई र फेक न्युज लेख्नेलाई कारावही गर्न मैले उजुरी दिँदा प्रहरीले उजुरी समेत दिन आनाकानी गर्यो । उजुरी दर्ता भएको ५ दिनसम्म पनि त्यसबारेको कारबाही कहाँ पुग्यो केही खुलाइएको छैन ।’उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो मात्रै नाम भाइरल गरिएको तर उक्त प्रकरणमा अरुको पनि नाम भएकोमा उनीहरुबारे किन केही न्युज नआएको भनेर समेत उनले प्रश्न गरेकी छन् । उनले फेक न्युज बनाएर आफ्नो चरित्रमाथि बलात्कार गरिएको समेत बताइन् । उनले भनिन्– ‘मेरो क्यारेक्टरमाथि रेप भएको छ । दिस इज ए रेप अन माई क्यारेक्टर ।’नक्कली भुटानी शरणार्थी बनाएर मानव बेचविखन गर्नु अपराध भएको भन्दै उनले उक्त प्रकरणमा दोषीलाई छानविन गर्न माग गरिन् ।