• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

ईश्वर शास्त्रमा बिध्याबारिधी उपाधि हासिल गरेका सुलेमान पुनर्वासमा सम्मानित

किशोर तामाङ/पुनर्वास १ जेठ
इसाई समुदायको छाता संगठन कञ्चनपुर ईसाई सामाज शाखा पुनर्वासको ५ औं वार्षिकोत्सव एवं साधारण सभा विविध कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । पाँचौ वार्षिकोत्सव समारोह एवम् साधारण सभा पुनर्वास नगरपालिका वडा नं ३ स्थित नबज्योती चर्च रामबस्तिमा पुनर्वास ईसाई मण्डलीका सस्थापक पास्टर काम सिङ तामाङ र शाखाका अध्यक्ष पास्टर बल बहादुर तामाङले संयुक्तरुपमा दिप प्रज्वलन गरेर समारोहको गरेका थिए ।

पुनर्वास नगरपालिका भित्र रहेका मण्डलीहरूको आत्मिक विकास, चर्चहरुको निर्माण, सामाजिक सेवा लगायतका क्षेत्रमा उतुल्नीय योगदान गरेको कञ्चनपुर ईसाई समाज शाखा पुनर्वासले साभामा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक तथा सांगठनिक प्रतिवेदन लगायतका विषयमा छलफल गर्दै साधारण सभामा सचिव शमसेर तामाङ र कोषाध्यक्ष कर्णजित तामाङ को कार्यप्रगति र आर्थिक प्रतिवेदन क्रमशः प्रस्तुत गरेका थिए ।

ईसाई समाज शाखा पुनर्वासले आफ्नो पाँचौ साधारणसभाबाट ईश्वर शास्त्र मा डक्टर अफ निनिस्ट्र उपाधी डेयज क्रिसियन युनिर्भसिटीबाट डाक्टर उपाधि हासिल गरेका रेभ शुलेमान तामाङलाई प्रशम्सा पत्र सहित दोसल्ला ओढाइ सम्मान गरिएको सचिव शमसेर तामाङले जानकारी दिए । ईसाई समाज शाखा पुनर्वास अन्तर्गत रहेका करिब ४२ मण्डलीका १ सय वढि पास्टरअगुवाहरु सहभागी भएको उक्त सभाले साधारण सभामा प्रस्तुत एजेन्डाहरू पारित गर्दै अन्त्यमा आगामी २ बर्षका लागि पुरानो कार्यसमिति बिगठन गर्दै रेभ राजकुमार तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन गरेको छ । नब गठित समितिका लागि प्रमुख अतिथि रेभ कामसिङ तामाङले समर्पण र आशिश्को प्रार्थान गरिदिएका थिए।

कञ्चनपुर ईसाई समाज शाखा पुनर्वासका अध्यक्ष पास्टर बल बहादुर तामाङको सभापतित्वमा नगरपालिका भित्रका करिब एक सय वढि प्रतिनिधिहरु सहभागी भएको उक्त साधारण सभामा प्रमुख अतिथिमा रेभ पास्टर कामसिङ तामाङ,बिशिष्ट अतिथिमा रेभ डा सुलेमान तामाङ रहनु भएको थियो। रेभ पास्टर कर्णजित तामाङको स्वागत मन्तव्य र सल्लाहकदद्बय पास्टर दिल तामाङ र पास्टर हर्कसिङ तामाङको शुभकामना मन्तव्य संगै पास्टर आईतराम तामाङद्धारा शुरूको प्रार्थना गर्दै सञ्चालन गरिएको उक्त साधारण सभा शाखाका सचिव शमसेर तामाङले सञ्चालन गरेका थिए। यसैगरी साधारण सभा अघि करीब ६० लाखको लागतमा पुनर्वास नगरपालिका वडा नं ३ रामबस्तीमा निर्मित ईसाई समाज शाखा पुनर्वासको नव निर्मित सभाहलको उद्घाटन कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य मनानिय तारालामा तामाङले गरेका थिए ।

सोमबार, जेठ ०१, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.