धनगढी/राष्ट्रिय जनमोर्चाले मेची–महाकाली अभियान चलाउने भएको छ।राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवाद विरुद्ध मेची– महाकाली अभियान चलाउने आइतवार धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ। राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता राजमो सुदुरपश्चिम प्रदेस समिति अध्यक्ष नन्दराज भट्टले गरेका थिए।
महासचिब भट्टले कार्यक्रममा बोल्दै देशमा अमेरिकी साम्राज्यवाद विभिन्न रुपबाट प्रवेश गरी नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ता माथि आक्रमण गरिरहेको हुँदा त्यसको भण्डाफोर गर्नका लागि १५ दिने मेची महाकाली अभियान चलाउने र समस्त देशभक्त जनतालाई अमेरिकी साम्राज्यवादको प्रवेशर आक्रमणलाई परास्त गर्न अपिल गरेका छन्। अभियानको उद्घाटन जेठ १ गते कञ्चनपुरको महेन्द्रनगरबाट हुने र समापन जेठ १५ काठमाडौंमा हुने महासचिव भट्टले बताए। अभियानको दुई टोलीले नेतृत्व गर्ने बताइएको छ।