धनगढी/युवा संघ नेपाल सुदूरपश्चिम र अनेरास्ववियूले धनगढीमा प्रर्दशन गरेको छ। नेपालीहरु लाई नक्कली भुटानी बनाएर अमेरीका पठाउने गीरोहलाई कार्वाहीको माग गर्दै धनगढीमा प्रर्दशन गरीएको युवा संघ नेपालका प्रदेश अध्यक्ष बाबुराजा श्रेष्ठले बताए। धनगढीको पार्कमोड देखी एलएनचोक सम्म नारावाजीसहित युवाहरुको जुलुस कोणसभामा परिणत भएको थियो।
कोण सभालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) कैलाली जिल्ला कमिटीका उप–सचिव दीर्घ जोशीले भ्रस्टाचारीलाई कुनैपनी बाहनामा उम्कन नदिन माग गरेका थिए। सरकारले भ्रस्टचारीलाई कार्वाहीको प्रक्रिया अघि बढाएको भन्दै जनताले साथ दिने उल्लेख गरे। सरकारले नेपालीहरु लाई नक्कली शरणार्थी बनाएर अमेरीका पठाउन सहयोग गरेको भन्दै तत्कालीन गृह मन्त्री बालकृष्ण खाँड, सचिव टेक नारायण पाण्डे लगाएतकालाई पक्राउ गरीसकेको छ। एमालेका सांसद टोपबहादुर रायमाझी, एमाले सरकारको पालाका गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा लाई पक्राउपुर्जी जारी गरे पनी प्रहरीले पक्राउ गर्न सकेको छैन।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपालका तत्कालीन प्रधानमन्त्री देखी ठुला नेताका श्रीमतीको नाम जोडीए पछि युवा संघ नेपाल लगाएतका संगठनहरु आन्दोलनमा उत्रेका ह्न्। कार्यक्रमको सञ्चलान युवा संघ नेपालका प्रदेश सचिव मोहन साउँदले गरेको थिए।