धनगढी/आज २५६७औं बुद्ध जयन्तीको अवसरमा धनगढीमा बुद्धको मूर्ति उद्घाटन गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को बुद्ध चोकमा बुद्ध जयन्तीको अवसरमा बुद्धको प्रतिमा स्थापना गरि उद्घाटन गरिएको हो।
बुद्ध जयन्तीको अवसरमा एक कार्यक्रमका बिच कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले स्थापना भएको मूर्तिको उद्घाटन गरेका हुन्। सोही अवसरमा आज बिहान बिद्यार्थीहरुले २५६७औं बुद्ध जयन्तीको अवसरमा शान्ति र्याली आयोजना गरेका थिए।
बुद्ध प्रतिमा निर्माण समितीका संयोजक कासिराम विष्टले वडा नम्बर ८ को बुद्ध चोकमा २०५८ साल देखि राखिएकोे मूर्ति हुलाकी सडक विस्तारका क्रम हटाएर त्यहि ठाउमा अर्को बुद्ध मूर्ति निर्माण गरिएको बताए। बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मूर्तिको उद्घाटन गरिएको बताए । मूर्ति निर्माणका लागी धनगढी उपमहानगरपालिका, विभिन्न संघ संस्था, स्थानीय बंैकहरु, स्थानीय ब्यापारीहरु लाई आग्रह गरिएको थियो । भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको छ ।