• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

शुक्लाफाँटा आरक्ष पीडितका समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

धनगढी । कञ्चनपुरमा रहेको शुक्लाफाँटा आरक्ष पीडितका समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाइएको छ । बुधबार शुक्लाफाँटा आरक्ष पीडित लगायत यस क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधामन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्रमा सरकारको तर्फबाट अविलम्ब पीडितलाई क्षतिपूर्ति सहितको व्यवस्थापन गर्न अधिकार सम्पन्न आयोग बनाइ वा हाल बनेको आयोगलाई अधिकार दिन अनुरोध गरिएको छ । आरक्ष पीडित जय बहादुर रोकाय, हरिश दयाल, महेश जोशी र रमेश महराद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा दीर्घकालीन समस्या समाधानको लागि विभिन्न पटक बनेका आयोगद्वारा प्रस्तावित शुक्लाफाँटा नगरपालिकाको वनहरा नदि पश्चिमको कुकाठका बुट्यान भएको चोरझाला क्षेत्र र बाइसेविचुवा मेडिकल क्लेजको लागि भनी छुट्याइएको ठाउँमा स्थानीय सरकार, स्थानीय प्रशासन र जनता संग समन्वय गरि जग्गा उपलब्ध गराउन पनि सुझाव दिएको छ ।

ज्ञापन पत्रमा परिवारको आकारका आधारमा कम्तीमा खान पुग्ने गरि जग्गा उपलब्ध गराउन माग गरिएको छ । सरकारले जग्गा उपलब्ध गराउन नसके परिवार संख्या अनुसार खान पुग्ने गरि जमिन खरिद गर्न हाल चलन चल्तीमा रहेको दररेटको आधारमा नगद रकम नै उपलब्ध गराउन माग गरिएको छ । ज्ञापन पत्रमा पीडित परिवारलाई जीवन निर्वाह गर्न परेको कठिनाइ ध्यानमा राखि रोजगारीको व्यवस्था गरिदिने पनि माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुकुम्बासीको समस्या सामाधानका लागि यस बिषयमा गहन छलफल गरेर चाडैं समाधान गर्नतिर लाग्ने आश्वासन दिएका छन । ज्ञापनपत्र बुझाउन अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी० केन्द्रीय अध्यक्ष सिताराम तमाङ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महाधिवेशन आयोजक समिति सदस्य राम बहादुर महरा, हरि सुवेदी, जय बहादुर रोकाय, जानकी भट्टराई सहितको टोली सिंहदरबार पुगेको थियो ।

कञ्चनपुरमा २०३१ सालमा स्थापना गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा २०३७ सालमा क्षेत्र विस्तार गर्दा त्यस क्षेत्र भित्र बसोवास गर्ने बस्ती उठाउने काम सुरु गरिएको थियो ।

निकुञ्ज पीडितका समस्या समाधानका लागि हालसम्म ३० वटा आयोग बनी सक्दा समेत पिडितको सुनुवाई हुन सकेको छैन । उक्त क्षेत्रको समस्या सामाधानका लागि २२औं २३औं आयोगले पिडितको संख्या २ हजार ४७३ वरिपरि रहेको जनाएको थियो ।

बुधबार, बैशाख २०, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.