धनगढी १५ बैशाख/सुर्तीजन्य तथा मदिराजन्य पदार्थको प्रचारप्रसार सामग्री सात दिनभित्र हटाउनुपर्ने निर्णय भएको छ। बिहीवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुर्तीजन्य र मदिराजन्य पदार्थको प्रचारप्रसार सामग्री सात दिनभित्र हटाई सक्नुपर्ने निर्णय गरेको हो।
प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र महेन्द्रनगरको आयोजनामा कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतामा बसेको बैठले सरोकारवाला पक्षलाई सात दिनभित्र प्रचारप्रसार सामग्री सार्वजनिक ठाउँबाट आफैं हटाउन समय दिने निर्णय गरिएको छ। साथै प्रचारप्रसार सामग्री हटाउन दिइएको समयभित्र नहटाइए अनुगमन गरिने र अनुगमनको क्रममा नियमानुसार प्रचलित कानूनअनुसरण जरिवानासमेत गरिने निर्णय गरिएको छ।
