धनगढी/हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आँशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।
तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ। यस्तै राती लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ।