धनगढी, १० बैशाख/उच्च माध्यमिक शिक्षक युनियन नेपाल हिस्टुन सुदूरपश्चिम प्रदेश दोस्रो प्रदेश अधिबेशनबाट कृष्णदत्त भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै महेन्द्रनगरमा सम्पन्न भएको छ । आईतबार उच्च माध्यमिक शिक्षक युनियनका सुदूरपश्चिमका शिक्षकहरुको महेन्द्रनगरमा भएको प्रदेश अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।
प्रदेश समितिको उपाध्यक्ष सुरेशकुमार हमाल, महिला उपाध्यक्ष करुणा बराल उपाध्यक्ष केशबसिह भाट। सचिव ठंडबहादुर खड्का, सहसचिव राजप्रसाद जोशी र कोषाध्यक्ष भुवनराज जोशी चयन भएका छन् । सदस्यहरु कृष्णबहादुर रोकाया, गोरखबहादुर बिष्ट, रेणु रेग्मी, निता भट्ट, ईश्वरीकुमारी खड्का, जनकदत्त उपाध्याय, बिरबहादुर सार्की, शिबनाथ योगी, हरिषकुमार ठगुन्ना, जगदीश बुढाक्षेत्री, राजेन्द्र प्रशाद भट्ट र नारायण पनेरु चयन भएका छन् ।
प्रदेश अध्यक्ष अर्जुनसिह कुँवरको अध्यक्षता भएको प्रदेश अधिवेशनमा उच्च माध्यमिक शिक्षक युनियन नेपाल हिस्टुन राष्ट्रिय सहअध्यक्ष बिष्णु दौल्याल प्रमुख अतिथी रहेका थिए । स्वागत मन्तव्य डम्मबर जोशीले गरेका थिए ।
