धनगढी १० बैशाख/नेपाली काँग्रेसका सुदूरपश्चिम सभापती एवं संघिय साँसद वीर वहादुर बलायरले देशमा काँग्रेस विनाको विकल्प नरहेको बताएका छन ।आईतवार नेपाली काँग्रेस गोदावरी नगरपालिका वडा नं १० को वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले सोकुरा बताएका हुन । देशको मुलप्रवाहबाट काँग्रेस साइड लागेमा देशको प्रस्तिथि ठिक नहुने कुरा अवगत गराउदै वलायरले भने काँग्रेस बचाउन टोल, वडा देखि नै सवैले लाग्नु पर्दछ ।
हजुरहरुले मलाई दिएको मत मेरो तागत भएको कुरा बताउदै बलायरले भने, विकास निर्माणका लागि आफु सधै लागिरहनेछु । सुदूरपश्चिमका बारेमा राज्यलाई अहेसास गराउन सकेमात्र राजनिति गराइको अर्थ रहने बताउदै उनले भने आफुले गरेको कामको तपाइहरुले निरन्तर मुल्यांकन गर्नु हुनेछ ।सम्मेलनमा नेता कार्यकर्ताले विकास निर्माण र पार्टीको संगठनका वारेमा चिन्ता अपेक्षा गरेका थिए ।