• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बाजुरामा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं/ बाजुरामा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो १ बजेर १२ मिनेटमा बाजुराको कुल्देवमान्डौ आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि बाजुराको बडिमालिकामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। गत माघ १० गतेपछि बाजुरामा पटक–पटक भूकम्प गइरहेको छ। ती भूकम्पबाट प्रभावित बनेकाहरूको व्यवस्थापन भने अझै हुन सकेको छैन। उनीहरू त्रसित छन्।

सुदूरपश्चिम प्रदेशमा ७ महिनामा चार रेक्टर स्केलभन्दा माथिका १० वटा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले बताएको छ। कात्तिक २२ गते खप्तडबाबाको आश्रम आसपास केन्द्रविन्दु भई भूकम्प गएयता चार रेक्टर स्केलका देशभर २६ वटा भूकम्प गएकोमा १४ वटाको केन्द्रविन्दु सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बताए। शर्माका अनुसार देशभरका अनुपातमा सुदूरपश्चिममा धेरै भूकम्प गइरहेको हो। यसकारण पनि सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको उनले बताए। सोमबार दिउँसो ४ बजेर १ मिटेट जाँदा बडिमालिका केन्द्रविन्दु भई ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले बताएको छ।

देशका पश्चिमी भागमा गएका १५ भूकम्पमध्ये सबैभन्दा बढी बाजुरामा ६ पटक भूकम्प गएको छ। कात्तिक २२ गते डोटी केन्द्रविन्दु भई आएको भूकम्पमा मानवीय क्षतिसमेत भएको थियो। विभिन्न समयमा आएको भूकम्पका कारण घर तथा सार्वजनिक भवनहरू चर्किनुका साथै बस्न अयोग्य भएका छन्। भूकम्प प्रभावितहरू कोही त्रिपालमा छन् भने केही जोखिम मोलेर चर्किएकै घरमा बस्न बाध्य छन्।

१६ वटा भूकम्पमध्ये १२ सुदूरपश्चिम प्रदेशका विभिन्न मागमा र चार कर्णाली प्रदेशका विभिन्न मागमा रहेका छन्। चार रेक्टर स्केलका एक हजारभन्दा धेरै पराकम गएको भूकम्प मापन केन्द्रले जनाएको छ। कार्तिक महिनामा डोटी जिल्लामा स्थानीय म्याग्निट्यूड ६ दशमलव ६ को शक्तिशाली भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प जमिनको सतहभन्दा २७ दशमलव ३ किलोमिटर तल उत्पत्ति भएको हो।

गत कात्तिक महिनामा डोटी जिल्लामा लोकल म्याग्निट्यूड ६ दशमलव ६ को भूकम्प गएको थियो। उक्त भूकम्पका कारण धनजनको पनि क्षति भयो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले डोटीमा भूकम्प गएपछि धेरै परकम्पहरू मापन गरिएको बताएकी थिइन्। तर उनका अनुसार बाजुराको भूकम्प ‘परकम्प नभई छुट्टै भूकम्प’ थियो। पश्चिम नेपालमा ५ सय वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरू बताउँछन्।

आइतबार, बैशाख १०, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.