धनगढी, ८ बैशाख/ सामुदायिक वन उपभोक्ता महासंघ, (फेकोपन) कैलाली शाखाको छैटो जिल्ला अधिवेशनबाट बिक्रम कुँवर निर्वाचित भएका छन् । शुक्रबार कैलालीको बनबहेडामा भएको सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधीको अधिबेशनबाट नयाँ कार्यसमिति चयन भएका हो ।
सामुदायिक वन उपभोक्ता महासघ, (फेकोपन) कैलाली अध्यक्ष डण्डीराज सुवेदीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा गौरीगगा नगरपालिकाका नगर प्रमुख देबिदत्त कडेल प्रमुख अतिथि रहेका थिए । बिशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासघ सुदुरपश्चिम प्रदेश महासघंका सहसचिव दानबहादुर बिष्ट, सामुदायिक वन उपभोक्ता महासघ सुदुरपश्चिम प्रदेश महासघंका सदस्य कोकिला देवल, सामुदायिक वन उपभोक्ता महासघ सुदुरपश्चिम प्रदेश महासघंका सदस्य कौशिल्या बिकले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।
अधिबेशनमा १३ वटा स्थानिय महासघ अध्यक्ष सहित १३० जना प्रतिनिधीको सहभागीता रहेको थियो । अधिवेशनले अध्यक्ष बिक्रम कुवँर, वरिष्ठ उपाध्यक्ष कमल वटाला, उपाध्यक्ष खोजराम चौधरी, सचिव लक्ष्मी भण्डारी, कोषाध्यक्ष विना कठायत र सहसचिव राधा बि.क लगाएत ३५ जना जिल्ला कार्यसमिति सर्वसम्वत चयन भएका छन । साथै न्यायिक समिति सयोजक विनिता चौधरी, लेखा तथा अनुगमन समिति सयोजक भद्रवहादुर विष्ट चयन भएका हुन् ।
