धनगढी८ बैशाख/नेपाली कँंग्रेस नगर कार्य समितिले वडा सम्मेलन सुरु गरेको छ । नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका नगर कार्य समितिको बैशाख पाँच गतेको निर्णय अनुसार वडा सम्मेलन सुरु गरेको हो । उपमहानगरपालिकाका १९ वडाको कार्यलालिका सहित वडा सम्मेलन सुरु गरेको बताईएको छ । जस अन्तरगत शुक्रवार वडा नम्बर १४,१८ र १९ गरी तीन वडाको वडा सम्मेलन सुरु गरेको हो ।
वडा सममेलनमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य नृपबहादुर वड ,महासमिति सदस्य तथा निवर्तमान सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैका, कैलारी गाउँपालिका उपाध्यक्ष समेत रहेकी भगवती चौधरी, धनगढी १९का वडा अध्यक्ष समेत रहेका बाधुराम चौधरीको सहभागिता रहेको थियो । यस्तै कांग्रेसका जिल्ला, क्षेत्र, प्रदेश, नगर र वडाका नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो । तीन ओटै वडा कार्य समितिका सभापतिहरुले वडामा पार्टीले संचालन गरेका गतिबिधिहरु प्रस्तुत गरेका थिए ।