धनगढी, ६ बैशाख/आज बुधबार सुदूरपश्चिमका पहाडी भेगमा हल्का वर्षा र तराईमा हावाहुरीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउसो सुदूरपश्चिमसँगै कर्णाली र गण्डकी प्रदेशलगायत अन्य पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि छ। महाशाखाको बुलेटिनअनुसार आज राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।