• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारतलाई पूर्वाधार निर्माणमा सहजजिकरण गर्न काँग्रेस नेता डा. राणाको आग्रह

धनगढी,४ वैशाख/नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद आरजु राणाले सुदूरपश्चिम प्रदेशलाई भारतसँग जोड्न थप अन्तरदेशीय सडक निर्माण र गौरीफन्टा नाका सञ्चालनमा सहजीकरण गर्न भारतसँग आग्रह गरेकी छन् ।सुदूरपश्चिम प्रदेशमा शनिबारबाट शुरु भएको अन्तरदेशीय मानसखण्ड सम्मेलनको समापन सत्रमा राणाले भारतीय राजदूत नवीन श्रीवास्तव र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग दुई देशबीचको अर्थसामाजिक सम्बन्ध थप मजबुद बनाउन यो आवश्यक रहेको बताइन् ।

डडेल्धुरा जिल्लालाई भारतसँग जोड्ने पुल निर्माण, गौरीफन्टा नाकाबाट हुने अन्तरदेशीय व्यापार तथा आवागमनलाई सहजीकरण र क्षेत्रीय विमानस्थल निर्माणका लागि नेपालले पहल एवं भारत सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।“डडेल्धुरा जिल्लालाई भारतसँग जोड्न पक्की पुल निर्माणका लागि पहल गर्न र गौरीफन्टा नाका सहज बनाउन अति आवश्यक छ”, राणाले भनिन्, ‘‘गौरीफन्टाको सडकलाई तत्काल फराकिलो बनाउन नसकेपनि कम्तीमा स्तरोन्नति गरी नाका सहजीकरणमा भारतले सहयोग गर्नुपर्छ ।”

गौरीफन्टा नाकाबाट हुने दुईपक्षीय व्यापार र आवागमनमा भारतीय पक्षले पछिल्लो समय दुदुवा नेसनल पार्कका नाममा कडाइ गर्दै आएको उनको भनाइ छ । राणाले सुदूरपश्चिम प्रदेशमा क्षेत्रीय विमानस्थल निर्माणको आवश्यकता पनि औंल्याईन् ।सुदूरपश्चिम प्रदेश अहिले भौतिक पूर्वाधार विकासमा राम्रो बनिसकेको भएपनि यहाँको जनशक्ति विदेशीने क्रम अझै नरोकिएको उनको भनाइ छ । “पछिल्लो समय यहाँको पूर्वाधारमा निकै ठूलो परिवर्तन भएको छ । तर यहाँको जनशक्ति विभिन्न देशमा गइरहेका छन् ।” राणाले भभनिन्, “नेपालका लागि काम गरौं र यहीँ श्रम गरौं भन्ने अवस्था बनाउन यहीँ रोजीरोटी कमाउने र यहीँ राम्रो सपना देख्ने अवस्था सिर्जना गर्नका लागि सबै आआफ्नो क्षेत्रबाट लागौं ।”

मानसखण्ड सम्मेलनको औचित्यबारे बोल्नुहुँदै सांसद राणाले नयाँ युगलाई कसरी परिभाषित गर्ने र कसरी अघि बढ्ने भन्नेबारे यसले मार्ग रेखाङ्कन गरेको बताइन् । “सम्मेलनमा विद्धान तथा प्राज्ञहरुले मानसखण्ड करिडोरको मार्गचित्र कोर्नुभएको छ, यसलाई जीवन्त बनाएर अघि बढ्न आवश्यक छ”, उनले भनिन्। सरकार यतिबेला बजेट निर्माणको चरणमा रहेकाले मानसखण्ड करिडोर निर्माणका लागि सुदूरपश्चिम प्रदेशले पहल गर्नुपर्ने उनको सुझाव छ । भारतले आफ्नो क्षेत्रमा करिडोर निर्माण गरिरहेकाले नेपालले पनि पहल थाल्नुपर्ने उहाँको भनाइ छ । त्यस्तै, विश्व ध्रुवीकरणका सन्दर्भमा नेपाल सधैं मानव अधिकार र प्रजातन्त्रको पक्षमा उभिने पनि राणाले स्पष्ट पारिन् ।

सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.