धनगढी,३ वैशाख/धनगढी उप-महानगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीलाई विभिन्न ट्राफिक व्यवस्थापन उपकरण हस्तान्तरण गरेको छ ।बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सहज भूमिका निर्वाह गर्न आवश्यक पर्ने ब्रेथलाइजर,हुईल लक,म्याजिक लाइट र ट्राफिक सङ्केत बोर्ड उपमहानगरपालिकाले हस्तान्तरण गरेको हो ।
उप(महानगरपालिकाका मेयर गोपाल हमालले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र जोहारीलाई ब्रेथलाइजर २ थान , हुईल लक ५ थान ,म्याजिक लाइट २ थान र ट्राफिक सङ्केत बोर्ड ६० थान हस्तान्तरण गरेका हुन् । प्राप्त विभिन्न ट्राफिक व्यवस्थापन उपकरणहरूले ट्राफिक व्यवस्थापन थप सहयोग पुग्ने प्रहरी निरीक्षक जोहारीले बताए ।