• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डोटीका हलियालाई १७ वर्ष बित्दा पनि भएन प्रमाणीकरण र परिचयपत्र वितरण

डोटी, २ वैशाख/ डोटीको दिपायल सिलगढी नगरपालिका–७, पाँकरीस्थित चौकीडाँडा गाउँमा दलित समुदायका ४० घरपरिवार बसोबास गर्दै आएका छन् । वर्षौंदेखि स्थानीय गैरदलित समुदायको हलो जोत्ने कार्य गर्दै आएका यी घरपरिवारले सरकारीबाट प्रदान गरिँदै आएको मुक्त हलियाको परिचयपत्रसमेत पाएका छैनन् ।

मुक्त हलियाको परिचयपत्र नभएका कारण यी घरपरिवारले सरकारीस्तरबाट सञ्चालन भएको मुक्त हलिया पुनस्र्थापना कार्यक्रमअन्तर्गत प्रदान गरिँदै आएको घर, जमिनलगायतका सुविधाबाट वञ्चित हुनु परेको छ ।आफूले भोगचलन गर्दै आएको जग्गासमेत आफ्नो नाममा नभएका कारण समय–समयमा समस्या हुने गरेको उनीहरूको गुनासो छ । स्थानीय कैलाश आउजीले भने, “बाजेदेखि यहाँ बस्दै आएका हौँ, हामीलाई यो जमिन विष्ट परिवारले दिएको हो भन्ने छ । यो जमिन हाम्रो नाममा पनि छैन । वर्षौंदेखि हलो जोत्दै आएका हामीसँग मुक्त हलियाको परिचयपत्रसमेत नभएका कारण सरकारी सेवा सुविधाबाट समेत वञ्चित हुनु परेको छ ।”

सरकारी तहबाट हलिया मुक्तिको घोषणा भएको १४ वर्ष पूरा भइसकेको छ । स्थानीय सीता पार्कीले भनिन्, “हामीले मुक्त हलियाको परिचयपत्रका लागि तीन पटक निवेदन दियौँ तर सुनुवाइ भएन । मुक्त हलिया महासङ्घ, मालपोत र जिल्ला प्रशासन कार्यालय धायौँ तर पनि परिचयपत्रसमेत पाउन सकेनौँ ।”

हातमुख जोर्न समस्या भएपछि बालबालिकासमेत कामका लागि भारत जान थालेका छन् । कक्षा ९ मा पढ्दै गरेको छोरालाई पैसा कमाउन भनेर भारत पठाउनु परेको दुःखेसो पोख्दै स्थानीय नरु कोलीले भने, “काम गरौँ खेतबारी छैन । जङ्गलबाट ल्याएको दाउरा बेचेर मात्रै छोरालाई पढाउने र घर खर्च टार्न सक्ने अवस्था भएन । छोराले पेटभर खान त पाउला भनेर भारत पठाएँ ।”मुक्त हलिया पुनस्र्थापनाको कार्यक्रम स्थानीय तहमा हस्तान्तण भएसँगै परिचयपत्र पाउनबाट छुट भएका मुक्त हलियाको नाम समावेश गर्ने तथा तथ्याङ्क सङ्कलन गर्ने विषयमा कुनै काम भएको छैन ।

दिपायल सिलगढी नगरपालिका–७ चौकीडाँडाका छुट भएका हलिया परिवारबारे यसअघि जानकारी नपाएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्काले वताए । उनले भने, “यसअघि मलाई जानकारी थिएन, त्यहाँको समस्याबारे के गर्नुपर्छ म आवश्यक पहल गर्छु ।”सरकारले २०६५ साल भदौ २१ गते साबिकको सुदूर र मध्यपश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न १२ जिल्लामा बँधुवा मजदुरका रूपमा रहेका हलिायाको मुक्तिको घोषणा गरेको थियो । ठूलो सङ्ख्यामा मुक्त हलिया पुनस्र्थापना प्याकेजमा समावेश हुन नसकेको मुक्त हलिया समाज डोटीका अध्यक्ष बजिरसिंह नेपालीले बताए ।

राष्ट्रिय हलिया मुक्ति समाज महासङ्घका अनुसार हालसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका १२ जिल्लामा जम्मा १६ हजार ९५३ मुक्त हलिया परिवारमध्ये १४ हजार २४२ परिवारले मात्र मुक्त हलियाको परिचयपत्र प्राप्त गरेका छन् । एक हजार ४९९ परिवार प्रमाणीकरण हुन बाँकी रहेका र ४४१ परिवारको प्रमाणीकरण भए पनि परिचयपत्र प्राप्त गर्न नसकेको बताइएको छ । दुई हजार ७११ परिवार पुनस्र्थापना हुन बाँकी छन् । एक हजार १०४ परिवारले मुक्त हलिया पुनस्र्थापना कार्यक्रमअन्तर्गत दोस्रो किस्ताको रकमसमेत प्राप्त गर्न सकेका छैनन् ।

शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.