काठमाडौं/काठमाडौंको पुतलीसडकमा रहेको शंकरदेव क्याम्पसमा कांग्रेस निकट संगठन नेविसंघको १२औँ क्याम्पस इकाइ अधिवेशन सम्पन्न गरेको छ । मंगलबार भएको क्याम्पस अधिवेशनबाट विवेक लामा घिसिङ क्याम्पस इकाइ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । नेविसंघको केन्द्रीय प्रतिनिधि शालिकराम अधिकारीको सभापतित्वमा घिसिङको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षहरुमा देब बस्नेत, गणेश वहादुर शाही, कृष्ण थापा र अरुण केसी चयन भएका छन् । भने सचिवमा विजेश खड्का चयन भएका छन् । त्यसैगरी सह–सचीव ः नितेश जैशी, ममता लमसाल, सुरेन्द्र जाग्री, सन्तोष कार्की, अनिल शाही, छत्र रावल, अशोक मगर, सरिता पौडेल, असीम सुवेदी र नारायण सुवेदी रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा मनिषा रानाभाट चयन भएकी छिन् ।
त्यस्तै सदस्यहरुमा नमिन्द्रा भट्टराई, एलिसा रिजाल कार्की, टिका रिजाल, विनोद शाही ठकुरी, पंकज कोइराला, कर्तव्य वस्नेत, एलिस विक्रम शाही, राजेन्द्र जोशी, मन्जित तामाङ, निरज काफ्ले, दिपक विष्ट, अमोद भट्ट, भुवन भट्ट, केशव जोशी, हेमन्त न्यौपाने, विपुल अधिकारी, पुष्प कुँवर, सन्तोष तिवारी, प्रशान्त गौतम, निरज शाही, ऋषी आचार्य, सागर श्रेष्ठ लगायत रहेका छन् । ईकाई अध्यक्ष लामाले जिम्मेवारी आएकोले विद्यार्थी र संगठनका लागि सधै खटिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।