• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

महाकालीमा डुंगा सञ्चालन गर्न भारतीय सुरक्षाकर्मीको अवरोध

बैतडी/तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुंगा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित हल्दु विनायक घाटमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले डुंगा सञ्चालनमा रोक लगाएको हो। यहाँका अन्य घाटहरुमा सहजै रूपमा डुंगा सञ्चालनमा रहे पनि हल्दुविनायक घाटमा एसएसबीले एक वर्षदेखि अवरोध गर्दै आएको डुंगा चालक सुरेन्द्र चन्दले बताए। पञ्चेश्वर गाउँपालिकाले महाकालीमा रहेका घाटमा डुंगा सञ्चालनका लागि ठेक्का खोलेर सुरेन्द्रलाई अनुमति पाएको भए पनि भारतीय पक्षले अवरोध गर्दा समस्या भएको छ। गाउँपालिकाले खोलेको ठेक्कामा ६६ हजार रकम तिरेर डुंगा चलाउने अनुमति पाएको भए पनि डुंगा चलाउन खोज्दा एसएसबीले रोक्ने गरेको सुरेन्द्रले बताए।

एसएसबीले भारतीय प्रशासनको पनि अनुमति चाहिने भन्दै सञ्चालनमा अवरोध गरेको चन्दले बताए। डुंगा निर्माणका लागि एक लाख बढी र अनुमतिबाट लागि ६६ हजार खर्च भएको छ। ‘लाखौं खर्च गरेर ठेक्का लिए। सञ्चालन गर्न नपाउँदा डुंगासमेत बिग्रिँदै गएको छ’, उनले भने। भारतीय सीमा सुरक्षा बलको अवरोधबारे गाउँपालिकालाई पटक–पटक जानकारी गराए पनि सुनुवाइ नभएको चन्दको आरोप छ। ‘डुंगा चलाउनका लागि गाउँपालिकाले अनुमति दिएकोले पटक–पटक गाउँपालिकामा धाएपनि कुनै सुनुवाइ भएको छैन’, उनले गुनासो पोखे, ‘भारतीय प्रशासनको अनुमति म कहाँबाट ल्याऊँ ’

हल्दु विनायक घाटमा एसएसबीले डुंगा सञ्चालनमा रोक लगाएकोबारे जिल्ला प्रशासन कार्यालयलाई खबर भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। गाउँपालिकाले ठेक्का खोलेका डिम्बर, देवताल, ढोया घाटमा सहजै डुंगा सञ्चालनमा छन्। ‘अन्य घाटमा गाउँपालिकाको अनुमतिले डुंगा सञ्चालनमा छन्’, उनले भने, ‘हल्दु विनायक घाटमा अवरोध गरेकोबारे जिल्ला प्रशासन लगायतका माथिल्ला निकायमा खबर गरिसकेका छौँ। तर समस्या समाधान हुन सकेको छैन।’

हल्दु विनायक घाटमा एसएसबीले डुंगा सञ्चालन गर्न नदिएकोबारे भारतीय सुरक्षा निकायलाई जानकारी गराइसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। ‘डुंगा सञ्चालनमा रोक लगाएकोबारे गाउँपालिकाले हामीलाई जानकारी गराएको थियो, हामीले पिथौरागढका जिल्ला अधिकारीलाई खबर गरिसकेका छौँ’, उनले भने।पिथौरागढका सुरक्षा अधिकारीसंग चारपाँचपटक डुंगा सञ्चालनमा रोक लगाएकोबारे कुरा भएको र पत्राचार समेत भएको प्रजिअ पन्थीले बताए। पटक–पटक फोन र पत्रचार गर्दा समेत समस्या समाधान हुन नसकेको अब केही दिनमै सीमा समन्वय बैठकको तयारी छ,त्यसमा पनि कुरा गर्छौँ।’

महाकाली नदीमा पुल नहुँदा तल्लो स्वराडका नागरिक डुंगामार्फत ओहोरदोहोर गर्ने गरेका छन्। भारतीय बजार नजिक रहेकाले यहाँका नागरिक किनमेलका लागि समेत पारि जान्छन्। तर डुंगा सञ्चालनमा रोक लगाउँदा समस्यामा परेका छन्। पुल निर्माणका लागि समेत भारतीय पक्ष सहमत नहुँदा यहाँ पुल बन्न सकेको छैन। तल्लो स्वराड क्षेत्रमा डुंगा सञ्चालन हुने आठ वटा घाट छन्।

मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.