धनगढी, १० चैत/कैलाली प्रहरीले नियन्त्रण लिएका नेविसंघका नेता छुटेका छन् । एसपिए क्याम्पस धनगढीका प्रमुखलाई कालो मोसो दलेको आरोपमा नेविसंघ कैलालीका जिल्ला अध्यक्ष मनिषजंग कुँवर र सुदूर पश्चिमाञ्चल एकेडेमीका नेविसंघ इकाई अध्यक्ष हितेश चन्दलाई प्रहरीले शुक्रबार दिउसो नियन्त्रणमा लिएको थियो ।
धनगढीको एसपीए कलेजका प्रमुख योगराज गौतममाथि कालोमसो दलिएपछि प्रहरीले नेविसंघ कार्यकर्ता पक्राउ गरिएको थियो । शुक्रबार दिउँसो विद्यार्थी परिषद्को कार्यसमिति चयनको विषयलाई लिएर नेविसंघका बिद्यार्थीहरुले कालोमसो दलेका थिए । कालोमसो दलेको आरोपमा प्रहरीले स्थिती नियन्त्रण गर्न आन्दोलनरत नेविसंघ नेविसंघ कैलालीका जिल्ला अध्यक्ष मनिषजंग कुँवर र सुदूर पश्चिमाञ्चल एकेडेमीका नेविसंघ इकाई अध्यक्ष हितेश चन्दलाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । नेवि संघले विद्यार्थी परिषद्को निर्वाचनको विषयलाई लिएर बिहीबार कलेजमा तालाबन्दी गरेको थियो । तालाबन्दीकै बीच कलेजले शुक्रबार परिषद्को निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै नेविसंघ बिरोध उत्रेको थियो ।
नाराबाजीका क्रममा कैलाली अध्यक्ष कुँवर र एसपिए क्याम्पस ईकाई अध्यक्ष चन्दलाई प्रहरीले पक्राउ गरेको थियो । दुबै जनालाई शनिबार फेरी छलफलका लागि उपस्थिती हुने सहमतिमा साझ छोडिएको छ ।
यसै बिच नेविंघ केन्द्रीय समितिका अध्यक्ष दुजांग शेर्पाले बिज्ञप्ती प्रकाशित गर्दै बिद्यार्थी नेता पक्राउको भत्र्सना गरेको छ । सुदूर पश्चिमाञ्चल एकेडेमीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सर्वदलीय बैठक नै नराखी एकटौली रुपमा निर्वाचन समितिले त्रिभुवन विश्वविद्यालयको निर्देशीका विपरीत परिषद् घोषण गरेकोमा बिरोध गर्दै नेविसंघले भत्सर्ना गरेको छ । साथै आन्दोलनरत विद्यार्थी नेताहरूलाई बिना शर्त तत्काल रिहाइको गर्न नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले माग समेत गरेको छ ।
