• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढी उप-महानगरका स्वास्थ्यकर्मीले छ महिनादेखि सेवासुविधा पाएनन्

धनगढी १० चैत/धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले दबाबमुलक कार्यक्रमहरू अघि बढाउने भएका छन् । तलबभत्ता यथाशिघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाउन लागेका हुन् ।शुक्रबार धनगढी नगर प्रमुख गोपालबहादुर हमाललाई  स्वास्थ्यकर्मीहरूले ज्ञापनपत्र बुझाउँदै दबाबमुलक कार्यक्रम सार्वजनिक गरे ।

धनगढी उप-महानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरुले आइतबार देखि सार्बजनिक बिदाको दिन बाहेक धनगढी उप-महानगरपालिका प्रशासन शाखामा हाजिरी गरि नगरपालिकाको प्रांगणमा जम्मा भइ कालो पट्टि बाँधी धर्ना दिने, माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रुपमा संचालन गरिएका कार्यक्रमहरुको प्रतिबेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र बिशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरुमा आन्दोलनरत स्वास्थ्यकर्मीहरु सहभागी नहुने लगायतका दबाबमुलक कार्यक्रममा उल्लेख छ ।

चालु आर्थिक बर्षको तलब तत्काल व्यवस्था गरि आगामी आर्थिक वर्षको तलब भत्ता संघिय बजेट व्यवस्था भइ नआएमा स्थानीय तहबाटै व्यवस्था गर्ने गरि मासिक रुपमा उपलब्ध गराउनु पर्ने, नियमानुसार पाउनु पर्ने अध्ययन बिदा निर्बाध रुपमा पाउनु पर्ने साथै अध्ययन बिदा सकि हाजिर हुन् आएका कर्मचारीलाई तत्काल हाजिरी गराउनु पर्ने, पदस्थापन सम्बन्धमा यस धनगढी उप(महानगरपालिका अन्तर्गत समायोजन भइ आएका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई तत्काल ततस्तत स्थानमा पदस्थापन गरिनुपर्ने, स्वास्थ्य संस्थाहरुबाट सेवा नियमित प्रबाह गर्न कम्तिमा ५ जना कर्मचारीहरुको व्यवस्था गरिनुपर्ने साथै गर्भवती, सुत्केरी, २ बर्षमुनिका बच्चा भएका र अति नै मार्कामा परेका कर्मचारीहरुलाई तत्काल पायक पर्ने ठाउमा खटाइनु पर्ने लगायतका उनीहरूले माग अघि बढाएका छन् ।

उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत छ महिनादेखि तलबभत्ता नपाएको गुनासो गर्दै आएका छन् । बिगत ६ महिना देखि सेवासुविधा नपाउदा दैनिक जीवन यापन गर्नमा समेत कठिनाई भइरहेको उनीहरूको भनाई छ ।

शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.