धनगढी, १० चैत/नेविसंघका बिद्यार्थी पक्राउ परेको बिषयलाई लिएर विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका छन । उनीहरुले नेविसंघका बिद्यार्थीहरु नाराबाजी गरिरहेका छन् ।
धनगढीको एसपीए कलेजका प्रमुख योगराज गौतममाथि कालोमसो दलिएपछि प्रहरीले नेविसंघ कार्यकर्ता पक्राउ गरिएको थियो । शुक्रबार दिउँसो विद्यार्थी परिषद्को कार्यसमिति चयनको विषयलाई लिएर नेविसंघका बिद्यार्थीहरुले कालोमसो दलेका हुन्। कालोमसो दलेको आरोपमा प्रहरीले केही व्यक्तीहरुलाई पक्राउ गरेको बताएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।
नेवि संघले विद्यार्थी परिषद्को निर्वाचनको विषयलाई लिएर बिहीबार कलेजमा तालाबन्दी गरेको थियो। विद्याको मन्दिरमा यस्ता क्रियाकलाप गर्नु निन्दनिय रेहको प्रमुख गौतमले बताएका छन्। उनले, अचानक एक हुल आएर आफुमाथी मोभिल खन्याइयो बताउदै यस्तो क्रियाकलाप गर्ने जो कोहीलाई पनि कारवाही गरिनु पर्ने बताए ।
