धनगढी, १० चैत/नेपाल भारत सिमानमा पर्ने भारतको दुधवा नेशनल पार्कमा एक नेपालीको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १९ मदन टोलका ३२ बर्षकी कलसा सार्कीको बाघको आक्रमण परी मृत्यु भएको कुण्डा सवडिभिजन वन कार्यालय पचकडिया, कञ्चनपुरका प्रमुख सहायक वन अधिकृत दिनेश कुमार यादावले जानकारी दिए ।भारत तर्फको वन क्षेत्र एसएसवी क्याम्प कुवा नम्बर ८को पुर्व क्षेत्रमा मृत भेटिएकी थिईन् ।
बिहान ७ जनाको महिलाको समुहमा भारतको दुधवा नेशनल पार्कमा घाँस काट्न गएका थिए । बाघको आक्रमण पछि अन्य महिला भने भागेर बच्न सफल भएका थिए ।
अहिले जंगलबाट शव निकालेर भारतीय प्रहरीले बुझेको छ । भारतिय प्रहरीले मुचुल्का बनाई कागजी प्रकृया पुगाएर नेपाल प्रहरीको जिम्मा लगाउने बताईएको छ ।