• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसमा आज निर्वाचन हुँदै

धनगढी, ८ चैत/बुधबार सुदूरपश्चिम विश्वविद्यालय (सुप) अन्तरगतका विद्यालयहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि बिहान ८ बजे देखि बेलुकी ४ बजे सम्मको समय तोकिएको छ । आज सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका १० क्याम्पसमा निर्वाचन हुँदैछ । जसमा बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस, मेलौलीस्थित मणिलेक बहुमुखी क्याम्पस, डोटीको उच्चाकोटस्थित सीताराम बहुमुखी क्याम्पस, डडेल्धुराको जोगबुढामा रहेको त्रिवेणी बहुमुखी क्याम्पस, कैलाली बहुमुखी क्याम्पस धनगढी, अत्तरियाको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस, बझाङको जयपृथ्वी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस र खलंगास्थित दार्चुला बहुमुखी क्याम्पस रहेका छन ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको दुर्गालक्ष्मीमा हुने स्ववियु निर्वाचनका लागि ५ जनाले सभापतिमा उम्मदवारी दिएका छन् । सभापतिमा नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं सयुक्त प्यानलबाट भुवन महराले उम्मेदवारी दिएका छन । उनको प्यानलबाट सचिवमा बम बहादुर विक, कोषाध्यक्षमा ज्याती साहु, सदस्यहरुमा भागरथी बिष्ट, लाल बहादुर खत्री, सुनिल बोहरा, जित बहादुर महरा, दिपकराज अवस्थी, उषा कुमारी साउँद, अमृता विक, दिनेश खड्काले उम्मेदवारी गर्दा गराएका छन ।

स्वतन्त्रबाट लोकराज ओझा ९एलआर० ले उम्मेदवारी गर्दा गराएका छन । उनको प्यानलबाट प्यानलबाट सचिवमा दिनेश प्रसाद बडु, कोषाध्यक्षमा देवकी बोहरा, सदस्यहरुमा यमुना भट्ट, पुष्प ओझा, निराजन कलेल, दिपेन्द्र बोहरा, सन्तोष भट्ट र धन बहादुर बोहराले उम्मेदवारी दर्ता गराएका छन । अनेरास्ववियु ९क्रान्तिकारी० सयुक्त प्यानलबाट पुष्करराज जोशीले उम्मेदवारी गर्दा गराएका छन । उनको प्यानलबाट सचिवमा देव नेपाली, कोषाध्यक्षमा प्रियङ्का बिष्ट, सदस्यहरुमा योगराज भट्टराई, विजय कोली, हिमा खड्का, अनिता कुमारी विक, हरिस भण्डारी, सुनिता कुमारी विक, जयन्ती भाट, शान्ती महराले उम्मेदवारी दर्ता गराएका छन ।

यस्तै स्वतन्त्र विद्यार्थी समुहबाट सरोज ठगुन्नाले उम्मेदवार गर्दा गराएका छन । उनको प्यानलबाट सचिवमा मनोज दाहाल, कोषाध्यक्षमा निर्मला साउँद, सदस्यहरुमा दुर्गा कुमारी कुमाल, गोमती टेर, टिका आचार्यले उम्मेदवारी गर्दा गराएका छन । अनेरास्ववियुबाट पुष्पराज सुवेदीले उम्मेदवारी गर्दा गराएका छन । उनको प्यानलबाट सचिवमा आकाश भट्टराई, कोषाध्यक्षमा कल्पना ओझा, सदस्यहरुमा दिपक विक, विष्णुदत्त भट्ट, हरिकला कुमारी बोहरा, हेमा नाथ, गंगा बोगटी, अविरल जाग्री, तुलसी कठायत र हेमन्त अवस्थीले उम्मेदवारी गर्दा गराएका छन । जसमा अनेरास्ववियुबाट सदस्य पदमा उम्मेदवार बनेकी हरीकला बोहराले भने आइतबार उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी थिइन् ।

सुदूरपश्चिम विश्वविद्यालय शैक्षिक र संगठन नियमावली अनुसार स्ववियु दुर्गालक्ष्मीमा १ जना सभापति, १ जना सचिव, १ जना कोषाध्यक्ष र ८ जना सदस्य प्रत्यक्षबाट निर्वाचित हुने छन । प्रत्यक्ष निर्वाचन पछि ८ जना समानुपातिकबाट छानेर उनीहरुबाटै उपसभापति र सह सचिव चयन हुने छन । दुर्गालक्ष्मी बहुमुखीका निर्वाचन अधिकृत लोक बहादुर महराले निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको बताएका छन् । उनले निर्वाचनका लागि ३ वटा मतदान स्थल तोकिएको बताए । दुर्गालक्ष्मी बहुमुखि क्याम्पसमा १ हजार १७२ जना मतदाता रहेका छन ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने चैत २१ गते स्ववियुको निर्वाचन हुँदै छ । विद्यार्थी सङ्गठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो । सोमबार विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच आगामी चैत २१ गते निर्वाचन गर्ने सहमति भएको निर्वाचन अधिकृत तोरण भट्टले जानकारी दिएका छन । कैलालीको टीकापुर बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस, बडिमालिका बहुमुखी क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसमा भने अझै पनि निर्वाचनको टुङ्गो लाग्न सकेको छैन । २०६६ मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयमा पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो ।

बुधबार, चैत ०८, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.