धनगढी, ३ पुस/धनगढी जेसिजको बर्ष २०२३का लागि मोहनराज ओझाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार धनगढी जेसिजको ४० औ अधिबेशनबाट ओझाको नेतृत्व चयन भएको हो ।
समितिको कार्यकारिणी उपाध्यक्षमा मनिस कुवर र जनर्दन बम्म, कानुनी सल्लाहकारमा नरेश धामी, महासचिवमा महेश्वर ओझा, कोषाध्यक्षमा अरुण सिह, उपाध्यक्षमा डम्बर ऐरी, दिनेश भट्ट, डिल्लीराज भण्डारी, नरेश ओझा र तालिमा आयुक्तमा लोकराज भट्ट चयन भएका छन् ।
सबै समिति सर्बसम्मत चयन भएपनि कार्यकारिणी उपाध्यक्ष २ जनामा तिन जना मनिस कुवर, जनर्दन बम्म र गणेश शाहीको को उमेदवारी परेपछि मनिस कुवर र जनर्दन बम्म बिजय भएका थिए ।