धनगढी, २४ मंसिर/नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभामा समानुपातिक सांसदका लागि निर्वाचान आयोगलाई सिफारिस गर्ने नाम टुंगो लगाएको छ । आज बसेको पार्टी पदाधिकारी बैठकले क्लस्ट मिलाएर नाम टुंगो लगाएको हो ।
दलिततर्फ ललिता सुनारको नाम कांग्रेसले सिफारिस गर्ने भएको छ । खसआर्यतर्फ, मधु भारती, सरस्वती खडका, जुना दानी, डम्बरी महरा र तुल्सी देवकोटा छन् । थारुतर्फ गीता कुमारी चौधरीको नाम छ ।
