धनगढी मंसिर/१९; कञ्चनपुर भारतीय पक्षले दार्चुलास्थित नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको अन्तर्राष्ट्रिय पुलको नाका बन्द गरेको छ।महाकाली नदीमा तटबन्ध निर्माणको क्रममा भएको विवादमा आइतबार नेपाली र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि सोमबार भारतीय पक्षले पुल बन्द गरेका हुन।
महाकाली नदीको यो पुल भएर नेपाल–भारत ओहोरदोहोर गर्ने गरिन्छसभारतीय नागरिकले आइतबारको घटनालाई लिएर बिहानैदेखि महाकाली नदीमाथिको पुल बन्द गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए।उनका अनुसार भारतीय पक्षले पुलमा आवतजावत गर्न दिएको छैन।