धनगढी/ नेपाल प्रेस युनियनका कैलाली अध्यक्ष तथा पत्रकार श्रवण देउवाले शुक्रबार हिन्दू धार्मिक परम्परा अनुसार भूमि पुजन गरी कल्पवृक्ष रोपण गरेका छन् ।धनगढी उपमहानगरपालिका वडा नम्बर ६, मटियारीस्थित घृणेश्वर महादेवको मन्दिर परिसरमा पत्रकार देउवाले कल्पवृक्ष रोपण गरेका हुन् । पत्रकार पुष्पराज जोशीको कल्पवृक्ष अभियानलाई साथ दिदै आफूले पनि मन्दिरमा कल्पवृक्ष रोपेको उनले बताए ।यश अघि धनगढीको शिवपुरी धाममा कल्पवृक्ष रोपण गरिएको थियो । सुदूरपश्चिममा पहिलो कल्पवृक्ष पत्रकार जोशीले रोपण गरेका थिए ।
वेद र पुराणमा कल्पवृक्षका विषयमा लेखिएको छ । कल्पवृक्ष स्वर्गको एक विशेष वृक्ष हो । पौराणिक धर्मग्रन्थ तथा हिन्दू मान्यताका अनुसार कल्पवृक्षको मुनि बसेर इच्छा गरेको कुरा पूर्ण हुन्छ, किनकी यो वृक्षमा अपार सकारात्मक ऊर्जा हुन्छ ।
पुराणका अनुसार समुन्द्र मन्थनहुँदा १४ रत्न मध्येको एक कल्पवृक्षको उत्पति भएको थियो । समुन्द्र मन्थन हुँदा प्राप्त यो वृक्ष देवराज इन्द्रलाई दिइएको थियो । इन्द्रले यसको रोपण ‘सुरकानन वन’ (हिमालयको उत्तर) मा गरेका थिए । यो यूरोपको फ्रन्स तथा इटाली, जर्मनीमा धेरै मात्रामा पाइन्छ । यो वृक्षको औषत आयू ३ हजार वर्षदेखि ६ हजार वर्षसम्म हुन्छ । भारतको राँची, अल्मोडा, काँशी, नर्मदा किनार, कर्नाटकका केही महत्वपूर्ण धार्मिक स्थलमा यो वृक्ष रहेको पाइन्छ ।
कल्पवृक्ष एक औषधिय गुण भएको वृक्ष हो । यसमा सुन्तलाको ६ गुणा बढी भिटामिन ‘सी’ पाइन्छ । गाईको दूध भन्दा दुई गुणा बढी ‘क्याल्सियम’ हुन्छ भने यसका अलावा सबै प्रकारका भिटामिनहरु पाइन्छ । यसको पातलाई त्यत्तिकै या पानीमा उमालेर खान सकिन्छ यसको फूल औषधिमा प्रयोग गर्ने गरिन्छ । यो पात एलर्जी, दम, मलेरियामा प्रयोग गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का अनुसार हाम्रो शरीरमा आवश्यक ८ अमिनो एसिड मध्ये ६ एसिड यो वृक्षमा पाइन्छ ।