धनगढी, १५ मंसिर/बाजुराको जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणम अनुसार प्रतिनिधिसभा सदस्यमा बाजुरा निर्वाचन क्षेत्र नं १मा नेपाली काँग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डेले ८१६ मत ल्याएर सबैभन्दा अगाडि छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार कर्ण बहादुर थापाले ७११ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ । अहिले बद्री पाण्डे १०५ मतले अघाडी रहेका छन् ।
