बाजुरा १५ मंसिर/बाजुराको हिामाली गाउँपालिकाबाट मुगु लिन लागेकोे स्काइभेटर कर्णाली नदिमा तार्न लाग्दा नदिमै फसेका तिन जनाएको चार घण्टा पछि उद्धार गरिएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताए ।
मुगुका राज बहादुर कार्कीको स्काइभेटर कर्णाली नदिमा तार्ने क्रममा बिच नदिमै अड्कीएको थियो । बिच नदिमै अड्कीएका ३ जनाको हिमाली गाउँपालिकाको पहमलमा सुरक्षा निकाय, गाउँपालिका बासि लगाएतले ¥याप्टीङबोटको सहायताले उद्धार गरेको गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए ।