धनगढी १४ मंसिर/आर्थिक वर्ष २०७८र७९ मा कैलालीमा एक सय ५३ जनामा एचआईभीरएड्स संक्रमण पुष्टि भएको छ। जिल्लामा अहिलेसम्म एचआइभी एड्सकै कारण चार सय ३८ जनाको मृत्यु भइसकेको तथ्यांकले देखाएको छ। सुदूरपश्चिममा तीन हजार पाँच सय ७३ संक्रमितले मात्र एन्टीरेट्रोभाइरस एचआईभी एड्सको उपचारमा छन्। ८ सय संक्रमितको अझै पत्ता लागेको छैन्।
सबैभन्दा बढि कैलालीमा एक हजार ६ सय ३४, डोटीमा चार सय ९३ र डडेल्धुरामा एक सय १८ एचआईभी संक्रमित रहेको स्वास्थ्य कार्यालय कैलालीका एचआईभी सम्पर्क व्यक्ति देवदत्त जोशीले बताए। सुदूरपश्चिमका हरेक जिल्लामा एचआईभी संक्रमित रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ। पछिल्लो एक वर्षको अवधिमा सुदूरपश्चिममा ६५ हजार महिलाहरु सुत्केरी भएकोमा ५१ हजार महिलाले विभिन्न अस्पतालमा जाँच गराएकोमा तीन जनामा एचआईभी संक्रमण देखिएको निर्देशनालयको तथ्यांक छ।
कैलालीमा मात्र गत वर्ष महिला ५९ र पुरुष ७९ गरी एक सय ५३ जनामा यो संक्रमण देखिएको छ। दुई सय ६० जना बालबालिका यो संक्रमणबाट पीडित छन्।संक्रमितहरुको भाइरल लोड परिक्षण केन्द्र सेती प्रादेशिक अस्पतालमा मात्र छ। संक्रमितहरुलाई आवश्यक पर्ने औषधिका लागि भने १७ स्थानमा औषधि खाने साइटहरुको व्यवस्था गरिएको छ। एचआईभी एड्सकै कारण गत वर्ष कैलालीमा ३८ जनाको मृत्यु भएको छ। नेपालमा हरेक वर्ष यही संक्रमणका कारण ५ सय १० को जनाको मृत्यु हुँदै आएको छ।नेपालमा पहिलो पटक सन १९८८ मा एचआईभीरएड्सको पहिलो व्यक्ति पत्ता लागेको थियो। देशभर कुल ३० हजार एचआईभी संक्रमितमध्ये २१ हजार ७ सय २३ ले मात्र एन्टीरेट्रोभाइरस ९एचआईभी एड्स० उपचारमा छन्। ५ हजारको अझै पत्ता लागेको छैन भने तीन हजारलाई उपचारमा ल्याउन सकिएको छैन्।सन २०२१ सम्म एचआईभी एड्स संक्रमितको संख्या विश्वभर तीन करोड ८४ लाख पुगेको छ। १५ लाख नयाँ संक्रमित थपिएका छन्। विश्वमा अहिले पनि एक लाख बालबालिका यो संक्रमणबाट पिडित छन्।