धनगढी, १४/ मंसिर ; डोटीमा मिनी ट्रक दुर्घटना भएको छ । प्रहरीका अनुसार जिल्ल्लाको दीपायल सिलगढी नगरपालिका–५ जिरो प्वाइन्टमा से १ क ११५९ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो ।
आज बुधवार पसलको खुद्रा सामान बोकेको उक्त ट्रक सडकबाट करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन । ट्रक चालक फरार रहेका र उनको खोजी भइरहेको बताइएको प्रहरीले जनाएको छ।