• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डडेल्धुराबाट सातौँ पटक चुनाव जितेका देउवाको ‘रेकर्ड’ कायम

धनगढी १४ मंसिर/नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संसदीय इतिहासमा जितको नयाँ रेकर्ड बनाएका छन्। एकै निर्वाचन क्षेत्रबाट लगातार सातौं पटक प्रतिनिधि सभा चुनाव जित्ने रेकर्ड देउवाका नाममा बनेको हो ।

लगातार ६ पटक चुनाव जितेर सातौं पटक चुनावमा होमिएका कांग्रेसकै नेता विजयकुमार गच्छदार भने सुनसरी(३ मा पराजित भए । देउवाले भने गृह जिल्ला डडेल्धुराबाट २०४८ सालदेखि भएका सबै चुनावमा जित्दै आएका छन् ।

७७ वर्षका देउवा यसपालि २५ हजार पाँच सय ३४ मतसहित डडेल्धुराबाट निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मतसहित पराजित भएका थिए । देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा भएका चुनावमा गरी लगातार सातौं पटक चुनाव जितेका हुन्। यसबीचमा देउवा गृहमन्त्रीदेखि प्रधानमन्त्रीसमेत भए ।

पहिलो पटक २०४८ सालमा चुनाव जितेपछि उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको गृहमन्त्री भएका थिए । त्यसपछि २०५१ मा देउवा प्रधानमन्त्री बने । त्यसपछि देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । अब नयाँ बन्ने सरकारमा पनि देउवा नै प्रधानमन्त्री भएमा उनी छैटौं पटक प्रधानमन्त्री हुनेछन् । देउवा २०५२, २०५८, २०६१, २०७४, २०७८ मा गरी पाँच पटक प्रधानमन्त्री भइसकेका छन् ।देउवा विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा होमिएका हुन् ।

२००३ सालमा डडेल्धुरामा जन्मिएका देउवा २०२२ सालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिए । २०२७ सालपछि उनी नेविसंघको सभापति बने। उनी लगातार करिब १० वर्ष नेविसंघ सभापति भएका थिए । देउवा करिब ९ वर्ष जेल परेका छन् । पञ्चायत विरोधी आन्दोलनका बेला र ज्ञानेन्द्र शाह राजा भएका बेला देउवा जेलमा परेका थिए । २०४६ सालदेखि भने देउवाले कांग्रेसको सुदूरपश्चिम क्षेत्रको कमाण्ड समाल्दै पार्टी राजनीतिलाई अघि बढाएका थिए ।

देउवाले २०५९ सालमा नेपाली कांग्रेस फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए । यो पार्टी २०६४ मा नेपाली कांग्रेससँग मिल्यो। देउवा २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए । उनी २०७७ असार २८ मा पाँचौं पटक प्रधानमन्त्री भएका थिए । उनको नेतृत्वमा वैशाखमा स्थानीय र मंसिर ४ मा प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव सम्पन्न भइसकेको छ। यो समाचार सेतीपाटीले लेखेको छ ।

बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.