काठमाडौँ, ८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधि सभामा विजयी भएका छन्।२०७४ मा पराजय भोगेका उनले यस पटका तनहुँ क्षेत्र नं. १ बाट ५३ सय ७५ मतको अन्तरसहित प्रतिनिधि सभाको टिकट काटेका हुन्।
उनले प्रतिनिधि सभामा विजयी हुने क्रममा २५ हजार ३१८ मत ल्याएका छन्।उनका प्रतिस्पर्धी नेकपा एमाले एकबहादुर रानामगर १९ हजार ९४३ मतमा समेटिए।
२०७४ मा आफूलाई हराएका कृष्णकुमार श्रेष्ठलाई बारा ४ मा पठाएर रामचन्द्रले यो क्षेत्र लिएका थिए।एकीकृत समाजवादीका कृष्णकुमारले पनि बारा ४ बाट नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन्।