सुर्खेत, ६ मंसिर । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रले सुरुआती अग्रता लिएको छ । आज बिहान ११ बजेदेखि मतगणना सुरु भएको रुकुम पश्चिममा अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जर्नादन शर्माले सुरुवाती अग्रता लिएका हुन् ।
प्रतिनिधिसभातर्फ शर्माले ३५९ र नेकपा एमालेका नन्दराम देवकोटाले २४९ मत ल्याएका छन् । राप्रपाका दीपकुमार मल्ल ७०, मंगाल नेशनल अर्गानाजेशन पार्टीका हरिबहादुर पुन २ र स्वतन्त्रले २७ मत ल्याएका छन् ।