धनगढी । कैलाली क्षेत्र नम्बर–५ को मतगणना भोलि मंगलबार बिहान ८ बजेदेखि हुने भएको छ । सर्वदलीय बैठकको निर्णयअनुसार भोलि ८ बजेदेखि मतगणना सुरु हुने भएको हो ।
कैलालीका प्रमुख निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना भोलि गर्ने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले बताएका छन् ।निर्वाचनको बढ्दो दौडधुपका कारण उनी बिरामी परेको बताइएको छ । उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ।
कैलाली–५ मा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त, नेकपा एमालेका नारदमुनि राना र स्वतन्त्र उमेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।