काठमाडौँ, ५ मंसिर । काठमाडौं क्षेत्र नम्बर २ मा मतगणना जारी छ। प्रारम्भिक मतपरिणाम अनुसार काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।५ सय मत गणना हुँदा स्वतन्त्र पार्टीका उम्मेदवार स्वबिता गौतमले १६९ मत प्राप्त गरेकी छिन्।
त्यस्तै, एमाले उम्मेदवार मणिराम फुयाँलले १०९ मत प्राप्त गरेका छन्। त्यस्तै, सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी ओसनरी घर्ती मगरले ८१ मत प्राप्त गरेकी छिन्।त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ७८ मत प्राप्त गरेका छन्।
