बाँके, ५ मंसिर । बाँकेमा बिहानै देखि मतगणना सुरु भएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले)को अग्रता रहेको छ । बाँके क्षेत्र नं.३ मा प्रतिनिधि सभा सदस्यका लागि एक हजार २४८ मत गणना हुँदा एमालेका किस्मत कक्षपतिले छ सय र कांग्रेसका किशोरसिंह राठोरले चार सय मत प्राप्त गर्नुभएको छ ।
त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले २४८ मत प्राप्त गर्नुभएको छ । बाँकेमा ७४ हजार २१३ कुल मत खसेको थियो ।
