धनगढी– मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि कैलालीको निर्वाचन क्षेत्रमा आज ९बिहीवार० देखि मतदान अधिकृतहरु खटिइसकेका छन् ।
कैलालीमा ५ वटा निर्वाचन क्षेत्र रहेकोमा सबै निर्वाचन क्षेत्रहरुमा मतदान अधिकृतहरु खटिएका हुन् । जिल्लाका सबै मतदान केन्द्रमा मतदान अधिकृतहरु खटिइसेकेको प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख प्रेमप्रसाद भट्टले बताए । भोलिदेखि मौन अवधि लाग्ने भएकाले आजैदेखि मतदान अधिकृतहरु मतदान केन्द्रमा गहिसकेको उनले बताए ।
‘आजदेखि मतदान समाग्री लिएर मतदान अधिकृतहरु मतदान केन्द्रमा खटिसेकेका छन्,’ उनले भने, ‘मतदान अधिकृतहरुले भोलि र पर्सि मतदान केन्द्रको निर्माण गर्नुहुन्छ ।’ टाढाका मतदान स्थलहरुमा आजै मतदान अधिकृतहरुले मतदान समाग्री लिएर गइसकेको उनले बताए ।
