काठमाडौँ, १ मंसिर । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा दुई सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ।
हिजो तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको भाउ तोलामा १ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ।