धनगढी, २९ कार्तिक/कञ्चनपुरको क्षेत्र नम्बर २को कृष्णपुरर ६ रोकायाटोलका नेकपा एमालेका २०० भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ मा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका उम्मेदवार एनपी साउदले एमालेका २०० भन्दा बढी कार्यकर्तालाई प्रवेश गराएका हुन्।नेता साउदले नेकपा एमालेका नगर कमिटी र वडा कमिटीमा रहेका नेता कार्यकर्ताहरुलाई कांग्रेसमा प्रवेश गराएका हुन्।
नगरकमिटी सल्लाहकार शेरबहादुर रोकाय, नगरकमटी सदस्य दलबहादुर बलायरलगायत एमालेका नेता(कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन्।
नेता साउदले यस क्षेत्रको विकासको जिम्मेवारीमा हिस्सेदार बनेकोमा खुसी लागेको बताए। उनले भने, कञ्चनपुरको समग्र विकासको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ। यसमा तपाईंहरु जोडिनुभएको छ।
पार्टी प्रवेश गर्दै एमालेका नेता(कार्यकर्ताहरुले पनि आफूहरुलाई एमालेले धोका दिएको र जनताको मतको अपमान गरेको बताएका छन्।