काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि नेपाली कांग्रेसलाई मत दिन आग्रह गरेका छन् ।
काठमाडौं–१ का उम्मेदवारसमेत रहेका सिंहले संविधानको कार्यान्वन नहुँदै संघीयता, गणतन्त्र धर्मनिरपेक्षताजस्ता परिवर्तनविरुद्ध गतिविधि गरी देशलाई पुनस् अस्थिरतातर्फ लैजान खोजेको टिप्पणी गरे ।
ञके हामी सधैँ राजनीतिक अस्थिरतामा बस्ने रु अब राजनीतिक स्थिरता कायम गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने हो,झ सिंहले भने ।जनजीविका सहज बनाउने र आर्थिक समृद्धिको एजेण्डा नै अबको प्राथमकिता भएको उनको भनाइ थियो ।
ञकांग्रेस कमजोर हुँदा पहिलो संविधानसभा असफल भयो । जनताले दोस्रो पटक कांग्रेसलाई बलियो बनाएपछि संविधान बन्यो झ,उनले भने, ञसंविधान आएपछिको पहिलो आम चुनावमा कांग्रेस कमजोर बन्दा संविधानको कार्यान्वयन हुन सकेन । यसपटक कांग्रेस बलियो बनाउनुस् । संविधानको पूर्ण कार्यान्वयन गर्नेछौं । गाउँमा सिंहदरबार नारामा होइन व्यवहारमा पुर्याउनेछौं ।झ